९ बैशाख २०८१, आईतवार Sunday 21 April, 2024

यी क्षेत्रका नदीमा आज बहाव बढ्ने

 आइतवार, असार २६ २०७९  

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्नेछ । बहाव सतर्कता तहभन्दा तलै रहनेछ ।

आज दोलखा, रामेछाप, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया सबै