why is zoom not responding on my laptop - why is zoom not responding on my laptop zoom msi silent install is zoom dangerous to download zoom install for all users windows 10 zoom app for pc system requirements
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगे

 आइतवार, असार २६ २०७९  

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज नेपाल आइपुगेका छन् ।

गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिन नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण भएको हो ।

प्रतिक्रिया सबै