५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकमाथि कारवाही

 आइतवार, असार २६ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने, मदिरा पिएर सवारी साधन चलाउने, जथाभावी यात्रु चढाउने तथा ओराल्ने, तिब्र गतीमा सवारी साधन चलाउने र ढोका खुल्लै राखेर सवारी चलाउने रहेका छन् ।

लेन उल्लंघन गर्ने, रातो बत्तीको उल्लङ्घन गर्ने, अवस्था ठिक नभएका सवारी साधन चलाउने र क्षमता भन्दा बढी यात्रु राख्ने चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै