free zoom download on pc zoom meeting hack download facetime zoom app client zoom download zoom integration to download meeting zoom app download for pc windows 10 - zoom app download for pc windows 10 www..zoom.us/download zoom download chip
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

 आइतवार, असार २६ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच सौहार्यपूर्ण वातावरणमा अलग हुने गरिसकेका छन् ।

यसैबीच उपेन्द्र र बाबुराम पक्षबीच छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक असार २९ र ३० मा वीरगञ्जमा बस्दैछ भने बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ मा काठमाडौंमा बस्ने भएको हो ।

असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल गर्ने तयारी छ । छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको बाबुरामनिकट नेता विश्वदीप पाण्डेको भनाई छ । बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी उनले बताए ।

उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने भएको छ । त्यस्तै उपेन्द्र पक्षले काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी पनि गरेको हो । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा ‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ उल्लेख छ ।

यो पनि

जसपा विभाजनको सँघारमा, अशोक राईले साथ छाडेपछि उपेन्द्रसँग विदा माग्दै बाबुराम भट्टराई

प्रतिक्रिया सबै