६ श्रावण २०८१, आईतवार Sunday 21 July, 2024

एकैदिन १२१ जनामा कोरोना संक्रमण

 आइतवार, असार २६ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

प्रतिक्रिया सबै