१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

काँग्रेस पदाधिकारी बैठक सानेपामा, शेखर समूह छुट्टै छलफलमा

 आइतवार, असार २६ २०७९  

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सानेपमा जारी छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको छ ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल जारी छ । बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् । शेखर कोइराला समूह भने उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी छैनन् । बैठकमा संस्थापन पक्षीय पदाधिकारीका साथै केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउद, जीवनबहादुर शाही पनि सहभागी छन् ।

 

प्रतिक्रिया सबै