zoom meeting joining 2010 zoom app marketplace teams - zoom app marketplace teams downlado zoom download aplikasi zoom untuk pc zoom app uses zoom download free for pc windows
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : गभर्नर

 आइतवार, असार २६ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नरले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको भन्दै अर्थतन्त्री चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन् ।

कार्यक्रमा उनले भने, ‘हामाी चुनौतिपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो । कोरोनापछि रसिया युक्रेन युद्धको प्रभावको मूल्य बढ्यो, इन्धन अभाव देखिएको । पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यसभित्र अटाउँछौं । अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउँछ सक्छ ।’

निजी क्षेत्र भएकोले नाफा नघटोस्, घाटामा जानु नपरोस् भन्नु स्वभाविक रहेको र त्यसलाई अन्यथा लिने कुरा नआउने उनको भनाई छ । नीति बनाउँदा अर्थतन्त्रका लागि आवशयक के हो र अर्थतन्त्रलाई कसरी जोगाउने र भोलिको जोखिमबाट कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने पनि उनले बताए ।

‘कोभिड–१९ को समयमा केही समस्या हुँदा लिन सक्ने हदैसम्मका उपाय प्रयोग गर्यौं,’ उनले भने, ‘ती सुविधा क्रमशः हट्दै गएका छन् भने केही सुविधा हटेका छन्, सीआरआर अहिले पनि ३ प्रतिशत कायम छ, बैंक रेट ५ प्रतिशत कायम गरेकोमा अहिले ७ प्रतिशत पुर्‍याएका छौं ।’

बढ्दो शोधनान्तर तथा चालु खाता घाटाले सहज हुनेपर्ने देखाएको बताए । ‘१० महिना २८८ अर्ब शोधनान्तर घाटा छ, ५४७ अर्ब चालु खाता घाटा छ । यहि तथ्यांकले पनि सजग हुनुपर्ने बताएका छन्,’ उनले भने, ‘यी तथ्यांकलाई ब्यालेन्समा ल्याउन सक्छौं ?’

हाम्रो समस्या उपभोग नै रहेको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन समान्य उपभोग चाहिने भएपनि त्यसलाई प्रोत्साहन गर्दा चालु खाता र शोधनान्तर घाटा उच्च भएको र जुन सधैं हुन नहुने उनले बताए । यसले यी समस्यालाई व्यवस्थापन गर्दा सबैले आफ्नो ठाउँबाट आउनेसक्ने समस्यालाई सहुनपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया सबै