zoom meeting app - zoom meeting app zoom download for windows10 microsoft - zoom download for windows10 microsoft download zoom cloud how do i download zoom recording app zooms face join zoom meeting with id & passwords list zoom download for windows 8.1 64 bit zoom instant messaging download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

आगामी निर्वाचनमा नेकपा (एस) निर्णायक : अध्यक्ष नेपाल

 आइतवार, असार २६ २०७९  

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टीका रूपमा स्थािपत भइसकेकाले निर्णायक शक्तिका रूपमा रहेको बताए ।

अध्यक्षले नेपालले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा समाजवादीलाई घात भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई भएको बताए ।

उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको भर पर्नुभन्दा एक्लै शक्ति आर्जन गरेर निर्वाचनमा होमिन तयार हुनुपर्ने धारणा व्यक्त गरे । उनले सङ्गठनका बलमा नै निर्वाचन जितिने भएकाले सङ्गठन निर्माणमा सबै तहका कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने निर्देशन दिए । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया सबै