३० भाद्र २०८०, शनिबार Saturday 16 September, 2023

क्रिकेट लिग टु : नेपालले आज नामिबियासँग खेल्ने

 सोमवार, असार २७ २०७९  

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नेपालले लिग टुमा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टुमा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।

नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया सबै