कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचारकालागि काठमाडौं
सोमवार, असार २७ २०७९

काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।
उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सबै