zoom app latest version download download zoom on windows 10 s mode zoom cloud meeting app for windows 10 amazon fire stick zoom app zoom download for 64 bit
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

८४ करोडको हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध

 सोमवार, असार २७ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाएका छन् ।

‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालको भनाइ छ ।

उनले ११५० थान सटगन, एकहजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ति हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए । उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए ।

उनले ति हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाए ।

प्रतिक्रिया सबै