१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

चिनियाँ कम्युनिष्ट नेता लिउ काठमाडौंमा व्यस्त

 सोमवार, असार २७ २०७९  

काठमाडौं । चिनियाँ विदेश विभाग प्रमुख लिउ चियान छाओको भ्रमणको दोस्रो दिन भ्रमण र भेटघाटमा व्यस्त भएका छन् ।

चार दिने भ्रमणका लागि नेपाल आएका उनी सोमबार बिहान सुन्दरीजलमा रहेको बिपी संग्रहालयको भ्रमणमा पुगेका लिउले बेलुका प्रचण्डसँग एक होटलमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

जियानचाओले सोमबार ग्लोबल डेभलपमेन्ट तथा साउथ कोअपरेशन फन्डका सहयोगमा शान्ति निकुञ्ज मावि, वसन्तपुर मरुटोलमा सुरु भएको स्माइलिङ चिल्ड्रेन परियोजनाको सुरुआत कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

स्रोतका अनुसार मंगलबार भने लिउले एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग भेट्ने कार्यक्रम रहेको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनी स्वदेश फर्केने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया सबै