download zoom immersive view download from zoom zoom app facebook zoom login free downloading - zoom login free downloading zoom for windows 10 download downoad zoom app zoom download in china download zoom text
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

देउवाको गाडीलाई सानेपामा कांग्रेस कार्यकर्ताद्वारा अवरोध

 सोमवार, असार २७ २०७९  

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गाडीलाई अवरोध गरेका छन् ।

विरोध प्रदर्शन र नाराबाजी जारी राखेका कांग्रेस कार्यकर्ताले बैठकका लागि पुगेका देउवा चढेको गाडीमा अवरोध पुर्‍याएका छन् ।

प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेलसमेत भएको थियो ।

पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।

भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको माग छ ।

प्रतिक्रिया सबै