३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

देउवाविरुद्ध सानेपामा प्रदर्शन

 सोमवार, असार २७ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै आज दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्् ।

बिहान साढे ११ बजेबाट साढे १ बजेसम्म प्रदर्शन गरिएको थियो । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिएका छन्।

सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको हो ।

यो पनि

प्रतिक्रिया सबै