zoom meeting join with meeting id zoom download for window 10 indian meeting app like zoom zoom for government download install zoom on windows 10 home clean zoom download zoom iso download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

नेप्सेमा ७७ अंकको गिरावट, आज २ अर्ब ३२ करोडको कारोबार

 सोमवार, असार २७ २०७९  

काठमाडौं । सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । यो साताको पहिलो कारोबार दिन सोमबार ७७.०१ अंकको गिरावट आएको छ ।

आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।

यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

सोमबार सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढ्यो । बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।

सोमबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्य भने धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया सबै