zoom download for window 10 alternative of zoom app in india zoom app download windows 10 free zoom download for laptop free windows 10 download zoom recording from source
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

चुरोटले कसरी फोक्सोलाई ध्वस्त बनाउँछ ?

 सोमवार, असार २७ २०७९  

काठमाडौं । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ ।

विश्वभर करिब एक अर्ब मान्छेले धुम्रपान गर्छन् । यत्तिका मान्छेलाई पक्कै पनि थाहा होला कि चुरोटको धुँवाले स्वास्थ्यलाई राम्रो गर्दैन । किनकि चुरोटको हरेक सर्कोले फोक्सो र श्वासप्रश्वास प्रणालीलाई नराम्रो असर गर्छ ।

धुम्रपानको कारण वर्षमा ६० लाख मान्छेले ज्यान गुमाउने गरेको तथ्यांक छ । बीबीसीको एक रिपोर्ट अनुसार सन् २०३० सम्म यो संख्या बढेर ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।

जगजाहेर नै छ, चुरोटको धुवाँले छाती र फोक्सोमा असर गर्छ । यद्यपि यसको भयले चुरोट छाड्नेहरु सायदै होलान् । बरु चुरोट खानेहरुको संख्या प्रतिदिन बढ्दो छ । अहिले विद्यालय तथा कलेज पढ्नेहरु समेत चुरोटको अम्मली बनिसकेका छन् ।

चुरोटले कसरी फोक्सोलाई ध्वस्त बनाउँछ ?
चुरोटमा निकोटिन भन्ने तत्व हुन्छ, जुन धुँवाको माध्यमबाट फोक्सोको कुनाकाप्चा पुग्छ । त्यो रसायन फोक्सोको विभिन्न भागमा थेग्रिंदै एवं जम्मा हुँदै जान्छ ।

फोक्सोको काम अक्सिजन लिने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने हो । तर धुम्रपान गर्न थालेपछि फोक्सोले सही रुपमा काम गर्न सक्दैन । यसरी फोक्सोले आफ्नो कार्यक्षमता गुमाउँदै जान्छ र कमजोर हुन्छ । अनि हामीले सास लिंदा हावासँगै विभिन्न किटाणु फोक्सोसम्म पुग्छ ।

चुरोट सेवन गरिरहँदा त्यसले फोक्सोलाई मात्र नभई अन्य किसिमको समस्या पनि निम्त्याउने गर्छ । निमोनिया, दम, टीबी र क्यान्सरको जोखिम बढाइदिन्छ ।

किन चुरोटको लत छुटाउन गाह्रो ?
चुरोटले स्वास्थ्यमा कति भयानक हानी गर्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छेले यसको लत छाड्दैनन् । किन त ?

चुरोटमा हुने निकोटिन नामक तत्त्वले गर्दा मानिसहरूलाई यसको लत लाग्ने वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा बताउँछन् । ‘चुरोटमा भएको त्यो निकोटिन दिमागको नसासम्म पुग्छ र त्यसलाई दिमागको नसाले राम्रो तत्त्व भनेर लिन्छ जसले गर्दा यसको लत नै बस्छ र खाउँखाउँ लाग्छ ।’

चुरोट सेवनले कसैमा पनि प्रतिरोधात्मक क्षमता कायम राख्दैन । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले लामो समय धुम्रपान गरेका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि उनले ‘निकोटिन थेरापी’ लिएका थिए । मस्तिष्कले निकोटिनलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा महत्वपूर्ण भएको भन्दै धुम्रपानको बौद्धिकतासँग कुनै मतलब नभएको उनको भनाइ छ ।

चुरोट छाडेपछि फोक्सो स्वस्थ हुन्छ ?
लामो समय चुरोट सेवन गरेका व्यक्ति, जसले चुरोट छाडेका छन् । यस्तो अवस्थामा ती व्यक्तिको फोक्सोमा क्रमशः सुधार हुने भए पनि पूर्णतया स्वस्थ्य हुन गाह्रो हुन्छ । धुम्रपान गरेर छाडेका व्यक्ति र धुम्रपान गर्दै नगर्ने व्यक्तिको फोक्सोको अवस्था भिन्न हुन्छ ।

वर्षौंदेखि चुरोटको धुँवामार्फत निकोटिन जस्ता नशालु पदार्थ सेवन गरिरहेकाहरुलाई एकै पटक छाड्न गाह्रो हुन्छ । वर्षौंदेखि लागेको तलतलले गाह्रो महसुस हुने गरेकाले कतिपयले छाड्न सक्दैनन् ।

प्रतिक्रिया सबै