२४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि
सोमवार, असार २७ २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
सबै