छतबाट खसेर १ जना महिलाको मृत्यु
सोमवार, असार २७ २०७९

काठमाडौं । आफ्नै एक तले घरको छतबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका-९ गोडियनपुर बस्ने ४० वर्षीया मिना गोडियाको आफ्नै घरको छतबाट खसेर बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार छतमा सुतेको अवस्थामा खसेर गम्भीर घाइते भएकी उनको बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै