१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

 सोमवार, असार २७ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाती महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्सना गरेको छ । प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

विज्ञप्ति

 

प्रतिक्रिया सबै