९ आश्विन २०८०, मंगलवार Tuesday 26 September, 2023

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

 मङ्लबार, असार २८ २०७९  

काठमाडौँ। सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्नेछ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन्।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ।

प्रतिक्रिया सबै