५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ बैठकको कार्यतालिका

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया सबै