official zoom download kodak 3x optical zoom download zoom windows 10 64 bit download zoom app download for pc windows 10 download free zoom meeting
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

आन्तरिक विवाद चर्केपछि फुटको संघारमा जसपा : बाबुराम पक्षीय बैठक आज बस्दै

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।

जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।

केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ ।

बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमा छलफल हुने बताइएको छ ।

पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ ।

यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी छुट्टा छुट्टै बस्ने बैठकले तय गर्ने बताइएको छ । यद्यपि पार्टी विभाजन हुनुहुँदैन । पार्टीमा छलफल गरेर यसलाई एक ढिक्का बनाउनुपर्ने पक्ष पनि बलियो हुँदैछ ।

आज जसपाका धेरै नेता कुनै पनि बैठकमा नजाने भएका छन् । उनीहरु दुबै पक्षलाई मिलाउने अभियानमा लाग्ने भएको छ ।

प्रतिक्रिया सबै