१३ फाल्गुन २०८०, आईतवार Sunday 25 February, 2024

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

प्रतिक्रिया सबै