आजपनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आजपनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले जनाएको छ । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।
जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ छ ।
यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।