५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

रक्सी खाँदा झगडा भएपछि छुरा प्रहारगरी हत्या

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनीहरूबीच झैझगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साथै घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया सबै