zoom installer download windows 11 zoom free download for pc windows zoom english version download zoom meeting app for pc download zoom for notebook zoom meeting joining 2020 - zoom meeting joining 2020
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

महिला माननीयहरूले आन्दोलन गर्नुपर्ने बेला भएको छ : वामदेव गौतम

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले महिला ‘माननीय’ (सांसद) हरूले आन्दोलन नै गर्नुपर्ने बेला आएको जनाएका छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा उनले राष्ट्रियसभामा उपाध्यक्ष र प्रतिनिधिसभामा उपसमाभुख नभएको भन्दै रिक्त दुवै पद पूर्तिका लागि महिला सांसदले आन्दोलन गर्नुपर्ने अवस्था आएको जिकिर गरेका हुन् ।

उनले भने, ‘म संविधान निर्माता पनि हुँ । हक हुन्छ कि मैले निर्माण गरेको संविधानका हरेक विषयमा त्यसको व्याख्या गर्ने अधिकार पाउँछु ।’ उनले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार महिना भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘प्रतिनिधिसभामा लाजमर्दो स्थिति भयो, झण्डै चार वर्षदेखि उपसभामुख छैन,’ उनले भने, ‘पुरुष अनिवार्य भनेको भए पाँच दिनमै त्यो पद पूर्ति हुने थियो ।’

आफूले ज्येष्ठ सदस्य भएको नाताले एउटा समितिको अध्यक्षता गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रियसभाको चार समितिमध्ये तीन वटामा सभापति नरहेको पनि चार महिनाभन्दा बढी भइसकेको स्मरण गराए । उनले भने, ‘संसद्‍मा रहेका पार्टीहरू, सरकारले त्यसमा ध्यान दिनुपर्ने हो । महिला माननीयहरूले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’

प्रतिक्रिया सबै