५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित १ जना पक्राउ

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । पर्सा जिल्लाको विरगंज महानगरपालिका-१६ ईनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत घर बताउने जानु गुप्ता हुन् ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो ।

पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

प्रतिक्रिया सबै