४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

उपेन्द्र यादवको आलोचना गर्दै बाबुरामले औंल्याए जसपाका ६ समस्या (पूर्ण पाठसहित)

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा मुख्य ६ समस्या औंल्याएका छन् । आफूपक्षीय काठमाडौंमा पार्टीको विस्तारित बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै  भट्टराईले अध्यक्ष यदवको आलोचना पनि गरेका छन् ।

उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उक्त प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले वैचारिक समस्या, संगठनात्मक समस्या, नेतृत्वको पद्धति र मोडालिटी, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नता रहेको ६ वटा समस्या उक्त प्रतिवेदनमा उल्लेख गरेका छन् ।

क्षेत्रीय दलमै सीमित भयो
नेता भट्टराईले पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । देशभर पार्टीको संगठन विस्तार गर्ने हुटहुटी नहुँदा पार्टी क्षेत्रीय दलकै रूपमा सीमित रहेको आरोप लगाउँदै उनले भनेका छन् , ‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेश आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्त्व र संवेदनशीलतालाई आत्मसात गर्दै एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो, कांग्रेस, कम्युनिस्टजस्ता परम्परावादी मूलधार दलहरुको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो ।’ उनले भने, ‘पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो । देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै देखिएन ।’

जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले मंगलबार काठमाडौंमा आयोजना गरेको आफूपक्षीय नेताहरूको भेलालाई सम्बोधन गर्दै पार्टी नेतृत्वले मिनि कम्युनिस्ट पार्टीका रूपमा काम गर्न खोजेको बताए । पार्टीले मधेश आन्दोलनको गरिमालाई विस्तार गर्ने कि इतिहासमा सीमित गरी त्यसको ब्जाज मात्रै खाने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको उनले बताए ।

यस्तो छ भट्टराईको प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया सबै