१० आश्विन २०८०, बुधबार Wednesday 27 September, 2023

जसपालाई फुट्न दिइँदैन: महेन्द्र राय यादव

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाबुराम भट्टराई पक्षका वरिष्ठ नेता महेन्द्र राय यादवले पार्टीलाई फुट्न नदिने बताएका छन् ।

बाबुराम पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै यादवले आफ्नै पसिनाको बलमा यहाँसम्म आएको पनि बताए । ‘हामी फुटेर होइन जुटेर यहाँसम्म आइपुगेका छौँ । जनता तत्कालीन राजपाको हो छाता तत्कालीन राजपाको हो । यसमा समान अधिकार छ । यो पार्टीलाई फुट्न दिइँदैन लडिन्छ । यो हो हाम्रो अभियान हो । यो अभियानमा जुट्न सबै साथीहरूलाई अनुरोध गर्दछु । हामीलाई बोल्न नदिने, बैठक नै नबोलाउने स्थिति भयो । हाम्रो आवाजलाई सुनाउन नदिने अवस्था भयो । यहाँबाट हामीले आफ्नो कुरा राख्न लागेका छौ’, उनले भने ।

यही बैठकबाट जसपा समस्या समाधान भएन भने देशैभर पार्टी एकताको अभियान लिएर जाने पनि उनको भनाई छ । उपेन्द्र यादवप्रति लक्षित गर्दै यादवले छोरी कुटेर बुहारी तर्साएको बताए । ‘एउटा कहावत छ । छोरीलाई कुटेर बुहारीलाई तर्साउने ? यो देशमा सबैले बलिदान गरेका छन् सबैको योगदान छ । कसैको दायाँ बायाँमा आएको हो ? सबै आफ्नो आफ्नो पसिना बगाएर यहाँसम्म आइपुगेका छौँ’, उनले भने ।

 

प्रतिक्रिया सबै