download zoom on desktop computer zoom download error 10003 download zoom launcher zoom webcam app zoom installation failed error 10006 zoom installation error 10002
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

जबरजस्ती करणी गरी फरार रहेका १ जना टिपर चालक पक्राउ

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एकजना युवकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली हुन् ।

प्रहरीका अनुसार दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्‍याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी टिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएको थियो ।

खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई कलंकीबाट पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणीसम्बन्धी अनुसन्धान भइरेको छ ।

 

प्रतिक्रिया सबै