free download zoom cloud meeting app bu zoom download zoom 5.4.3 download zoom.com app zoom cloud meeting download free
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेअनुसार बैठक सुरु भएको हो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीको जडीबुटीमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् । कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको स्रोतको भनाइ छ । थप तीन सदस्य आउँदै गरेको बताइएको छ ।

कार्यकारिणी सदस्य रेशम चौधरी भने जेलमा छन् । चौधरीले छुट्टै दल गठन गरिसकेका छन् । अध्यक्ष यादव पक्षले बुधबार वीरगञ्जमै केन्द्रीय समिति बैठक आयोजना गर्दैछ । सोही बैठकको तयारीस्वरुप आज कार्यकारिणी समिति बैठक बसेको हो ।

 

 

प्रतिक्रिया सबै