zoom fre download zoom exe silent install zoom meeting download microsoft store - zoom meeting download microsoft store download attendance list zoom download zoom rooms client free download zoom windows 10 www.zoom app free download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

उपेन्द्रले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाए : बाबुराम भट्टराई

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको दाबी गरेका हुन् । संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबी पनि गरेका छन् ।

तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको उनको भनाई छ । ‘गतसाल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एकजना जो भएप नि बनाउनुपर्छ भने,’ उनले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।’

पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको उनले बताए । पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने उनको भनाइ छ । अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने पनि उनले बताए ।

‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस्’, भट्टराईले भने । अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे ।

‘श्रीलंकामा राजापक्षे परिवारमा जे गरे पनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो ?,’ ‘यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासे छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ । सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने, यो दुष्चक्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ’, उनले भने ।

प्रतिक्रिया सबै