५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

आजदेखि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ खुल्दै

 बुधबार, असार २९ २०७९  

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९) गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । त्यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १एकलाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सर्बसाधारण लगानीकर्ताले कम्पनीको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखियर अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा साउन १ गते उक्त अवधिसम्म आवश्यक आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई ‘इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले पूर्वी रूकुमको सिस्ने र भुमे गाउँपालिकमा पर्ने रूकुमगाड खोलाको पानिबाट ५ मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३३ करोड ४४ लाख २८ हजार र प्रतिमेगावाट लागत २६ करोड ६८ लाख ८६ हजार लागत अनुमान गरिएको छ ।

 

प्रतिक्रिया सबै