३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

गभर्नर अधिकारीमाथि छानबिन गर्न माओवादीको माग

 बुधबार, असार २९ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका हुन् ।

एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी, खोटाङ भनेर आएको नाम महाप्रसाद अधिकारी नै रहेको उनीहरूको दाबी छ । राष्ट्र बैंक ऐन बमोजिम कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति गभर्नर हुन नपाउने शर्माले बताइन् ।

 

प्रतिक्रिया सबै