२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

चिनियाँ कम्युनिष्ट नेता र राष्ट्रपतिबीच भेटवार्ता

 बुधबार, असार २९ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो । लिउ जियानचाओ आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया सबै