zoom meeting recording app download download zoom meeting for microsoft edge - download zoom meeting for microsoft edge download zoom manjaro zoom makeup filter download zoom data download covid pcr test bergen op zoom app zooms face can we use zoom on laptop
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियोगमा १ जना पक्राउ

 बुधबार, असार २९ २०७९  

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना युवकलाई प्रहरील सोमबारे पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ हुन् ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते भेटी सोही दिन बीरगञ्ज बसपार्क ल्याएको र प्रहरीको बोर्डर चेकपोष्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी सिकाई गलफतमा पारी बचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया सबै