श्रीलंकामा संकटकाल घोषणा
बुधबार, असार २९ २०७९

काठमाडौं । श्रीलंकमा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार देशमा संकटकाल घोषणा गरेका हुन् ।
बीबीसीका अनुसार उनले देशभरी कर्फ्यू समेत लागू गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाका लागि दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो ।
यस्तै, श्रीलंकाको राष्ट्रपति गोटाबाया राजापाक्षेले राजिनामा नदिएका कारण उनको स्थानमा नयाँ राष्ट्रपतिले सपथ लिन नपाउने व्यवस्था रहेको छ । यसको अर्थ राजापाक्षेले आधिकारिक पत्रमा राजिनामा नदिएसम्म श्रीलंकामा नयाँ राष्ट्रपतिले सपथ लिन पाउने छैनन् ।
राजापाक्षे भने श्रीलंका छाडेर माल्दिभ्स पुगेको तथा त्यहाँबाट अन्तिम गन्तव्यसम्म नपुगुन्जेल उनको राजिनामा नपाउने बताइएको छ ।
राजापाक्षेले राजिनामा पत्रमा हस्ताक्षर भने गरिसकेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया
सबै