१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

जसपाको बैठकमा अशोक राई सहभागी

 बुधबार, असार २९ २०७९  

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक पर्साको वीरगञ्जमा जारी छ ।

वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठक सुरु भएको हो । यो बैठकका लागि अध्यक्ष उपेन्द्र यादव मंगलवार वीरगञ्ज पुगेका थिए ।

बैठकमा सहभागी हुन देशभरबाट पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु वीरगञ्जमा उपस्थित छन् । बैठकमा वरिष्ठ नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, संघीय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव पनि सहभागी छन् ।

त्यस्तै, बैठकमा केन्द्रीय सदस्य आङकाजी शेर्पा पनि पुगेका छन् । यो बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी भएका छन् ।

उपेन्द्रसँगको विवादपछि छुट्टिन तम्तयार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको अल्पमत केन्द्रीय सदस्यहरुको बैठक काठमाडौंमा मंगलबारदेखि बसिरहेको छ ।

 

प्रतिक्रिया सबै