zoom windows 10 download download zoom free for pc zoom app marketplace おすすめ how do i download zoom on my huawei zoom host app download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

सेयर बजारमा आज हरियाली

 बुधबार, असार २९ २०७९  

काठमाडौं । साताको तेस्रो कारोबार सेयर बजारमा हरियाली छाएको छ । बुधवार बजार परिसूचक ५९.५४ अंक बढेको हो ।

अघिल्लो दिनको कारोबारमा १२ अंकले बढेको बजार सोही क्रमलाई पच्छ्याउँदै आजको कारोबारमा पनि ५९.५४ अंक बढेको हो । बजार परिसूचक ६० अंक बढ्दा समग्र बजार परिसूचक १९८६.८२ अंकमा उक्लिएको छ ।

बुधवार २२५ कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ३.०९ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १२.४२ अंक बढेर ३८१.३७ मा उक्लिएको छ ।

आज २ अर्ब ४ करोड ४४ लाख ३ हजार ७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५७ लाख ८७ हजार १२६ कित्ता सेयर ३२ हजार ७८२ पटकमा किनबेच भएको थियो ।

आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल फाइनान्स लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै उपसमूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया सबै