free download hover zoom zoom meeting join online zoom download uk zoom meeting app exe download download zoom for windowa zoom download for lenovo laptop
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

महालेखाको प्रतिवेदन : बेरुजु ८ खर्ब २९ अर्ब नाघ्यो (सारांशसहित)

 बुधबार, असार २९ २०७९  

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ५९औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार बेरुजु ८ खर्ब २९ अर्ब ३५ करोड पुगेको छ ।

यो आव २०७७/०७८ सम्मको बेरुजु रकम हो । अघिल्लो आवमा यस्तो बेरुजु ६ खर्ब ७६ अर्ब रहेको थियो । गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोडमा फस्यौट तथा समायोजन गरिएको अङ्क ५० अर्ब २९ करोड घटाई यो वर्ष थप भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी रहेको छ ।

लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ अर्ब २० करोड असुल भएको छ । अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रहेकोमा यो वर्ष ८ खर्ब २९ अर्ब १५ करोड पुगेको छ । महालेखाका अनुसार यस वर्ष म्याद ननाघेको पेश्कीलाई लगती बेरुजु कायम गरिएको छैन सोबाट बेरुजु अंक र प्रतिशत घटेको छ ।

—पौने १५ खर्बको बजेटमा ६ खर्ब रकमान्तर, असारमा मात्रै साढे ४२ अर्ब
—एक वर्षमा १ खर्ब १५ अर्ब थपियो बेरुजु, ५० अर्ब २९ करोड फर्छ्योट
—असारे विकासमा महालेखाले उठायो प्रश्न
—सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको, कुनको कति ?
—बेरुजुमा संघीय सरकार पछ्याउँदै स्थानीय तह, अद्यावधिक बेरुजु झण्डै ५ खर्ब

महालेखा परीक्षण प्रतिवेदको सारांश :

प्रतिक्रिया सबै