४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

१४ किलो गाँजासहित तीन महिला पक्राउ

 बुधबार, असार २९ २०७९  

काठमाडौं । पर्साबाट सशस्त्र प्रहरीले गाँजासहित तीन जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका-८ बस्ने ३६ वर्षीया उस्मा देवी, ४२ वर्षिया आरती देवी र भारतमा घर बताउने ४२ वर्षीया अनन्त देवी हुन् ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-३१ सलकपुरस्थित जितपुर-रङ्गपुर सडकखण्डबाट १४ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो ।

मनहवाबाट जीतपुरतर्फ आउँदै गरेको ना २ ह २२१० नम्बरको अटोलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा गाँजा फेला पारिएको हो । पक्राउ परेकाहरूलाई बरामद गाँजा र अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

 

प्रतिक्रिया सबै