१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

बाबुराम भट्टराईमाथि अनुशासनको कारबाही

 बुधबार, असार २९ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतालाई अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश गरेका छन् । वीरगन्ज बैठकबाट यादवको उक्त प्रस्ताव पारितसमेत भइसकेको छ ।

पर्साको वीरगन्जमा सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो सत्रमा अध्यक्ष यादवले पेश गरेको एजेण्डामा अनुशासनको कारबाही पनि समावेश जसपा एक नेताले जानकारी दिए ।

अध्यक्ष यादवले बैठकका लागि १० वटा एजेण्डा प्रस्तुत गरेका छन्। सबै एजेण्डा बुधबार नै पारितसमेत भएका छन् । जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको काठमाडौंमा केन्द्रीय समिति बैठक राखेका छन् ।

उपेन्द्रको पक्षमा बहुमत केन्द्रीय सदस्य छन् । वीरगन्ज बैठकले बाबुरामको भेलामा सहभागी गंगानारायण श्रेष्ठ, महेन्द्र यादवलगायतलाई पनि अनुशासनको कारबाही गरेको छ ।

यो पनि

बाबुरामले बहुमत देखाए अध्यक्ष छाडिदिन्छु : उपेन्द्र यादव

प्रतिक्रिया सबै