श्रीलंकामा देश सम्हाल्न श्रीलंकाको सेना र प्रहरीलाई आदेश
बिहिबार, असार ३० २०७९

काठमाडौं। श्रीलंकामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश भएको छ। श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका हुन्।
उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील गरेको छ।
आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार देश छाडेर भागेका थिए।
राष्ट्रपति देश छोडेर भागेपछि कार्यवाहक राष्ट्रपति बनेका विक्रमासिंघेले देशभर कफ्र्यूको घोषणा गरेका छन्।
प्रतिक्रिया
सबै