५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

नेपालमा कोही पनि स्वतन्त्र छैनः प्रचण्ड

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिले कोही पनि स्वतन्त्र नहुने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहलिेको जमानामा स्वतन्त्र कोही पनि नहुने तर्क गरेका हुन् । ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा । अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ’, उनले भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा बताए । ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’ विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनको भनाई छ ।

प्रतिक्रिया सबै