३० भाद्र २०८०, शनिबार Saturday 16 September, 2023

मृत अवस्थामा ४ जना भेटिए

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । विभिन्न स्थानमा चार जनाको शव मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका-३ पिपलडाँडा बस्ने ५३ वर्षीया भिमा कामी सोही ठाउँस्थित मकैबारीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसै, मोरङको कानेपोखरी गाउँपालिका-४ नारायण चोक बस्ने ३६ वर्षीय रोहित कार्की आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका-७ थर्कुनास्थित जंगलभित्र पानीको छहरामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, सिरहाको नरहा गाउँपालिका-५ कटनियास्थित धान खेतमा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै