११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

माओवादीले माग्यो गभर्नरको राजीनामा

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् ।

२०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको उनले बताए । ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ’, उनले भने ।

उनले यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने बताए । ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर गर्नुपर्‍यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनामा दिनुपर्थ्यो’, उनले भने । अरुलाई भन्दा हुने, आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन पनि उले आग्रह गरेका छन् ।

प्रतिक्रिया सबै