९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

गंगा चौधरीको प्रश्न : विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्छन् ?

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले विवाह गरेर आउने बित्तिकै वैवाहिक अंगीकृत नागरिकता दिने प्रचलित व्यवस्थाको विरोध गरेकी छन् ।

संसदमा जारी नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले विवाह गरेर आउने वित्तिकै वैवाहिक नागरिकता दिलाउने व्यवस्थालाई निरन्तरता दिन खोजेको भनी प्रश्न गरेकी हुन् ।

विगतमा विदेशी चेलीको हविगत संसदमा आफूहरुले देखेको उल्लेख गदै उनले थपिन, ‘विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्छन ?

प्रतिक्रिया सबै