९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

केही नेता प्रदेश र स्थानीय तहलाई कमजोर बनाउन खोजिरहेका छन् : प्रचण्ड

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले प्रदेश र स्थानीय तहलाई कसरी कमजोर बनाउने भन्ने विषयमा लागिरहेको बताएका छन् ।

बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याएर पुरानै निरंकुश शासन व्यवस्था ल्याउनका लागि त्यस्ता प्रयास भइरहेको बताए ।

‘केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनिरहेका छन् । त्यहाँ जाने भनेको निरंकुश राजतन्त्रतिर नै हो । अधिकार तल दिने वातावरण बनाउनुपर्छ । तर ती ऐन रोक्ने काम भइरहेको छ’, प्रचण्डले भने ।

त्यस्तै, प्रचण्डले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिबीच एकता हुने सम्भावना रहेको पनि बताए । वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनुको विकल्प नरहेको उनको भनाई छ । उनले भने, ‘नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन् सबै कम्युनिस्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिस्ट एकता गराएकै हो हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।’

प्रतिक्रिया सबै