१० बैशाख २०८१, सोमबार Monday 22 April, 2024

हतियार किन्ने निर्णय भएको छैन : प्रधानमन्त्री

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री देउवाले हतियार किन्ने कुरा सरकारले नगरेको बताएका छन् ।

बैठकमा अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए । श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नु पर्ने भनेपछि देउवाले उनलाई रोकेर भने, ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’

बैठकमा सहभागी केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘सभापतिले हतियार किन्ने कुनै योजना छैन, अहिले हतियार किनिँदैन भन्नुभयो ।’ विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएपछि सरकारको आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया सबै