१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

जसपाको संघीय परिषद् अध्यक्षमा अशोक राई

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष अशोक राईलाई बनाइएको छ । उनी यसअघि पार्टीको वरिष्ठ नेता थिए ।

जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले राईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो ।

जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि भट्टराईको ठाउँमा राईलाई राखिएको हो ।

बैठकले डा. बाबुराम भट्टराई, हिसिला यमी, भक्तबहादुर साह, प्रशान्त सिंह, गंगा श्रेष्ठ, महेन्द्र राय यादव, रमेश यादव, दुर्गा साेव र दानबहादुर चाैधरीलाई कारबाही गरेकाे छ ।

जससाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार उनीहरुलाई कारबाही स्वरुप सम्पूर्ण जिम्मेवारीबाट हटाइएको हो ।

यो पनि 

अशोक राईले बाबुराम भट्टराईलाई भने- ‘प्रतिशतको हैन, जनताको नेता हुनुस्’

 

प्रतिक्रिया सबै